स्थिर सरकार बनाउन गठबन्धन दलहरूलाई प्रदेश प्रमुख अमिक शेरचनको आग्रह

रुपन्देही । लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचनले प्रदेश सरकारको स्थायित्वका लाग दलहरूलाई आग्रह गरेका छन् ।

नयाँ सरकार गठनको लागि दाबी पेश गर्न शुक्रवार प्रदेश प्रमुखको कार्यालय पुगेका एमाले, माओवादी, जसपा, नेकपा एस, स्वतन्त्र सांसदहरूलाई शेरचनले सुशासन र स्थायित्वका लागि पनि गठबन्धन फेरिरहन नहुने जनाएका हुन् ।

‘छिटो छिटो सरकार फेरिरहने बानी परिसक्यो, अब यसो नगरौँ, अबको गठबन्धनलाई स्थायित्व दिनुहोस्, जनता धेरै निराश भइसकेको अवस्था छ’, शेरचनले भने ।

उनले पटक पटक गरेर मन्त्री नियुक्ति गर्दा राम्रो सन्देश नजाने भएकोले एकै पटक मन्त्री नियुक्ति र शपथको व्यवस्था मिलाउन आग्रह गरेका थिए ।

‘एक दुई दिन पछि गरेर भए पनि सकेसम्म एकै पटक मन्त्रीहरूको नियुक्ति र शपथको व्यवस्था मिलाउनुपर्छ, प्रदेशको मुख्य जिम्मेवारी लिएका दलका माननीयहरू हुनुहुन्छ यहाँको अवस्थाबारे पूर्ण जानकार हुनुहुन्छ ।’ प्रदेश प्रमुख शेरचनले भने ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *