कांग्रेसले टिकट नदिए जाने ठाउँ रास्वपा थियो, सहकारी काण्डले त्यो ठाउँ पनि बन्द हुनेभयो : राजेन्द्र बजगाईँ (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईँले सहकारी काण्डले कांग्रेसले टिकट नदिए जाने ठाउँ रास्वपाको बाटो पनि बन्द हुने अवस्थामा पुगेको टिप्पणी गरेका छन्।

प्रतिनिधि सभाको बैठकमा बोल्दै अवसर खोज्दै रास्वपा जानेहरूप्रति चिन्ता व्यक्त गरे।

उनले भने, ‘कांग्रेसले टिकट नदिएपछि अर्को कुनै जाने ठाउँ रास्वपा अवसरको ठाउँ बनेको थियो। यो सहकारी काण्डले त्यो ठाउँ पनि बन्द हुने अवस्था छ। मलाई साथीहरुदेखि साह्रै चिन्ता लागेको छ।’

उनले बुढीगण्डकीमा माछा मार्नेहरूले बुढीगण्डकीको माछा केन्द्रीय सरकालाई पठाएपछि त्यो परियोजना बन्छ कि भन्ने आशा पालाएको बताए।

Comments

One response to “कांग्रेसले टिकट नदिए जाने ठाउँ रास्वपा थियो, सहकारी काण्डले त्यो ठाउँ पनि बन्द हुनेभयो : राजेन्द्र बजगाईँ (भिडिओ)”

  1. Samir Avatar
    Samir

    नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर बेच्ने कालो काङ्ग्रेसलाई सबै नेपालीले बहिष्कार गर्छौ!

Leave a Reply

Your email address will not be published. Required fields are marked *