काठमाडौं । एमाले सिन्धुपाल्चोकको १० औं जिल्ला अधिवेशनमा युवाहरुको बाहुल्यता देखिएको छ । प्रत्यक्ष निर्वाचनबाट लोकप्रिय मतसहित युवा उमेदवारहरु निर्वाचित भएका छन् ।
पदाधिकारीमा उप–सचिव महिलाकी उमेदवार शुशिला पाख्रीनले सबैभन्दा बढी लोकप्रिय मत पाएकी छन् । बाह्रविसे नगरपालिकाकी पूर्व उपमेयर समेत रहेकी पाख्रीन अघिल्लो जिल्ला कमिटीमा पनि सोही पदमा थिइन् । उनले ४५६ मत पाएकी थिइन् ।
४० वर्ष मुनिका खुला सदस्य पदमा सर्वाधिक मत रोशनी तामाङले पाएकी छन् । उनले पदाधिकारीदेखि सदस्य सम्ममा सबैभन्दा बढी मत पाएकी थिइन् ।
तामाङले ४६४ मत ल्याएकी थिइन् । त्यस्तै ४० वर्ष मुनिको खुला महिला सदस्यमा सुजिता धितालले पनि लोकप्रिय मत ल्याएर निर्वाचित भएकी छन् । धितालले ३८८ मत पाएकी छन् ।
खुला सदस्यमा आङदोर्जे शेर्पाले लोकप्रिय मत पाएका छन् । शेर्पाले ३५३ मत प्राप्त गरेका थिए । त्यस्तै हिरा चौलागाईले ३०३ र इश्वर तिमिल्सिनाले २९९ मत पाएका थिए,त्यस्तै शिव श्रेष्ठले पनि ३७१ मत पाएका थिए । लोकप्रिय मत पाउने सबै सदस्यहरु नेपाल प्यानलका हुन् । तिमिल्सिना भने दुवै प्यानलमा पर्न सफल भएका थिए ।

Leave a Reply