इलाम-२ का उम्मेदवार आकांक्षीसँग रास्वपाले गर्‍यो सामूहिक छलफल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीमा वैशाख १५ गते इलाम-२ मा हुने उपनिर्वाचनका लागि पार्टीमा उम्मेदवारी दिएकाहरूसँग सामूहिक छलफल गरेको छ।

उम्मेदवार चयनका लागि प्रारम्भिक निर्वाचनको कार्यक्रम तालिका अनुसार पार्टी कार्यालय बालाजुमा बोलाएर सामूहिक छलफल गरेको हो।

वैशाख १५ गते हुने उपनिर्वाचनका लागि गोकुलबहादुर राई, जमुना शर्मा, महेन्द्रकुमार थापा, मानबहादुर घिमिरे, मिलन लिम्बू र डा। शेषरमण न्यौपानेले उम्मेदवारी दिएका छन्।

रास्वपाले प्राविधिक रूपमा प्राइमरी इलेक्सनबाट उम्मेदवार चयन गर्ने भनिएको छ। तर, हालै माओवादी छाडेका लिम्बुलाई उम्मेदवार बनाउने तयारी रहेको बताइन्छ। लिम्बु जनजाति पत्रकार महासंघका महासचिव तथा रास्वपा सभापति रवि लामिछानेका पूर्व सहकर्मी पनि हुन्।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *