पेप्सोडेंटले सम्पन्न गर्‍यो डेन्टल स्क्रीनिङदेखि डिजिटल अभियान

काठमाडौं । विश्व मौखिक स्वास्थ्य दिवस २०२४ को लागि पेप्सोडेंट नेपालले समुदायहरूमा मौखिक स्वास्थ्य र स्वच्छतालाई प्रवर्द्धन गर्दै सुरु गरेको अभियान सम्पन्न गरेको छ । पेप्सोडेंटले मार्च महिनाभर विभिन्न समुदायहरूमा मौखिक स्वास्थ्य र स्वच्छतालाई प्रवर्द्धन गर्दै अभियान सम्पन्न गरेको हो ।

अभियानले स्वस्थ जीवनको लागि आवश्यक विभिन्न उत्पादनहरु प्रदान गर्दै शैक्षिक अभियानद्वारा व्यक्तिगत रुपमा सबैलाई स्वस्थ मुस्कान र दाँतमा असर गर्ने किटाणुहरु विरुद्ध लड्ने चेतना पुर्याएको जनाइएको छ ।

पेप्सोडेंट नेपालका अनुसार ‘एक एक पाइला’ सँगको सहकार्यमा नेपालका दुर्गम भेगहरुमा १ हजार ६०० जनालाई निशुल्क चिकित्सा सेवा र मौखिक स्वास्थ्य सम्बन्धी शिक्षा प्रदान गरिएको थियो ।

त्यस्तै, कान्तिपुर डेन्टल कलेज तथा शिक्षण अस्पतालको सहयोगले इन्द्रेश्वर माध्यमिक विद्यालयमा ३४३ जनालाई निशुल्क डेन्टल स्क्रीनिंग सेवा प्रदान गर्यो । पेप्सोडेंट नमुनाहरु वितरण गरी समाजमा मौखिक स्वास्थ्य र हात धुने तरीकाहरु बारे सचेतना समेत बढाइएको थियो ।

गत २० मार्च विश्व मौखिक स्वास्थ्य दिवसको अवसरमा पेप्सोडेंट नेपालले नेपाल डेंटल एसोसिएशन सँगको साझेदारीमा ‘अ हेप्पी माउथ ईज अ हेप्पी वडी’ नाराको साथ एक दन्त स्वास्थ्य जागरूकता कार्यक्रमको आयोजना गर्यो ।

काठमाडौं, भक्तपुर र ललितपुरका १५ स्थानहरुमा आयोजित कार्यक्रमले ३ हजार ५०० सहभागीहरुलाई दन्त तथा मौखिक स्वास्थ्य सम्बन्धी शिक्षा प्रदान गरिएको पेप्सोडेंटले जनाएको छ ।

यसका अतिरिक्त, पेप्सोडेंट नेपालले ‘किप ब्रसीङ एण्ड किप स्मालिङ’ नामक डिजिटल अभियान पनि यसबिचमा सुरु गरेको थियो ।

संगीतको धुनमा स्वस्थ जीवनशैलीका लागि मौखिक स्वास्थ्यको दैनिक नियमको महत्त्वलाई झल्काउन हरेक व्यक्तिलाई आफ्नो मन पर्ने धुनमा पेप्सोडेंटले दाँत माझ्दै रमाउदै नाच्न प्रेरित गर्नु लक्ष्य रहेको अभियानलाई सामाजिक संजालका १२ इन्फ्लुएन्सरहरुको सहकार्यमा प्रवर्द्धन गरिएको थियो ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *