तराईमा होलीको रौनक (तस्बिरहरु /भिडिओ)

रूपन्देही । होलीको दोस्रो दिन तराई मधेसका विभिन्न जिल्लाहरूमा आज होली पर्व मनाइँदै छ।

नेपालका पहाडी तथा हिमाली क्षेत्रमा आइतबार होली मनाइएको थियो भने आज तराईमा मनाउन लागिएको हो ।

पहाडी क्षेत्रमा होली मनाएको भोलिपल्ट नेपालको तराई मधेसका जिल्लामा होली पर्व मनाउने परम्परा छ। आज तराई मधेसका जिल्लामा साथीभाइ तथा आफन्त मिलेर रंगहरु दलेर आपसमा खुसी साटासाट गरिरहेका छन् ।

होली पर्वको अवसरमा सरकारले आज तराई मधेस क्षेत्रका जिल्लामा सार्वजनिक बिदा दिएको छ।

मधेस प्रदेशमा होलीलाई विशेष पर्वको रूपमा मनाउने प्रचलन छ। तराई मधेस क्षेत्रमा होलीमा गाइने विभिन्न गीतहरूमा रंग दलेर चोक चोकमा नाचिरहेका छन् ।

विभिन्न समूहमा होलीका परम्परागत गीतमा नाचगान गर्दै रंग लगाउने तथा घैटो फोर्ने, तारो हान्ने लगायतका विभिन्न प्रतियोगिता आयोजना गरेर रमाइरहेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *