शेखर कोइरालाको टिप्पणी- गृहमन्त्रीलाई एक मिनेट पनि पदमा बस्ने नैतिक अधिकार छैन

काठमाडौं । नेपाली कांग्रेसका नेता डा। शेखर कोइरालाले उप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई एक मिनेट पनि पदमा बस्ने नैतिकताको आधार नभएको टिप्पणी गरेका छन्।

काठमाडौंको मध्ये बानेश्वरका पार्टीका कार्यकर्ताहरुसँगको भेटघाटको क्रममा उनले चौतर्फी विरोध हुँदा पनि पदमा बसिरहनुको पछाडि केही रहस्य लुकेको हुनुपर्ने आशांका व्यक्त गरे।

उनले भने, ‘तत्कालका लागि राजीनामा दिएर अनुसन्धानमा सहयोग गर्दै यसको टुंगो लाग्यो र उहाँ निर्दोष साबित हुनुभयो भने फेरि मन्त्री भए भइहाल्यो। तर, विवाद हुँदा पनि पदमा बसिराख्नाले केही लुकेको छ भन्ने आशांक देखिन्छ।’

उनले गठबन्धनले ठूलो बदमासी गरिराख्दा पनि अब काठमाडौंवासी चुपचाप बस्न नहुने बताए

Comments

One response to “शेखर कोइरालाको टिप्पणी- गृहमन्त्रीलाई एक मिनेट पनि पदमा बस्ने नैतिक अधिकार छैन”

  1. RA Avatar
    RA

    अब यीनलाई पनी हराउनु पर्यो

Leave a Reply

Your email address will not be published. Required fields are marked *