ग्याल्पो ल्होसार मनाएको एक महिनापछि सरकारले दियो सार्वजनिक बिदा, शेर्पा समुदाय नै छक्क

काठमाडौं । शेर्पा समुदायको सांस्कृतिक पर्व ग्याल्पो ल्होसार एक महिनाअघि नै मनाइएपनि सरकारले अहिले सार्वजनिक बिदा दिएको पाइएको छ ।

गत माघ २७ गते नै मनाइसकेको चाडलाई अहिले बिदा र शुभकामना दिएर सरकारले मजाक गरेको भन्दै शेर्पा समुदाय नै छक्क परेका छन् ।

लोकतान्त्रिक शेर्पा संघका अध्यक्ष नाम्गेल शेर्पाले सोनाम र ग्याल्पो ल्होसार त्यही दिन मनाइसकिएको बताए ।

‘शेर्पाको संस्कृतिलाई लिएर सम्बन्धित विज्ञसँग छलफल नगरी सरकारले क्यालेण्डरमा बिदा जनायो । योभन्दा मजाक के हुन्छ र !’,

शेर्पा संघका अध्यक्ष ग्याल्जेन लामाले ग्याल्पो ल्होसार र सोनाम ल्होसार गत माघ २७ गते एकैदिन परेको भन्दै त्यही दिन शेर्पा समुदायले ग्याल्पो ल्होसार मनाएको बताए ।  लामाले आफूहरु पनि एक महिनाअघि मनाएको पर्वको आज सार्वजनिक विदा र सरकारले शुभकामना दिएकोमा छक्क परेको बताए ।

‘यो चाहिँ पञ्चांग समितिले पोहोरकै तिथि राखेको रहेछ । यो तीन/चार वर्षसम्म एकैपटक हुन्छ’, उनले भने ।

त्यसो भए यो सरकारले किन बिदा दिएको छ ? भन्ने प्रश्नमा लामाले भने, ‘यो सरकारलाई कहाँ के छ थाहा छैन । अस्ति नै बिदा पनि दिएको थियो ।’

Comments

One response to “ग्याल्पो ल्होसार मनाएको एक महिनापछि सरकारले दियो सार्वजनिक बिदा, शेर्पा समुदाय नै छक्क”

  1. bharat kumar thap Avatar

    यस्ता विदाहरू सम्बन्धित जातलाई मात्र दिनुपर्‍यो

Leave a Reply

Your email address will not be published. Required fields are marked *