काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अब कसैले पनि चुनाव भन्दा अघि गठबन्धन गर्ने बारेमा कल्पना नगर्ने बताएका छन् ।
आइतबार ललितपुरको गोदावरी नगरपालिकाको ८ औँ स्थापना दिवसको अवसरमा बोल्दै उनले कसले कसलाई धोका दिन्छ भन्ने कुराको चेतसँगै अब चुनावअघि गठबन्धन नहुने बताए ।
उनले नयाँ सत्ता समीकरणको अन्तर्यमा के छ भन्ने कुरा समयसँगै खुल्दै जाने पनि बताए । केही नेताहरू मिलेर चुनावअघि गठबन्धन गर्नेकुराको अब अन्त्य भएको उल्लेख गर्दै उनले उहाँले चुनावअघिको गठबन्धनले राजनीतिक भ्रष्टिकरण गरेको बताए । उनले निर्वाचन प्रणाली बदल्नुपर्ने आवश्यकता रहेको पनि औँल्याए ।
महामन्त्री थापाले मिश्रित निर्वाचन प्रणालीलाई पनि विकृत बनाइएको भन्दै आपत्ति जनाए

Leave a Reply