काठमाडौं । हङकङविरुद्धको मैत्रीपूर्ण टी-२० आई खेलमा नेपालले पहिलो विकेट गुमाएको छ । हङकङले दिएको २१३ रनको विशाल लक्ष्य पछ्याएको नेपालले १० रनमै पहिलो विकेट गुमाएको हो ।
नेपालका ओपनर कुशल भुर्तेल २ रन बनाएर आउट भए । उनी पछिल्लो समय खराब लयमा छन् ।
नेपालले ४ ओभरमा १ विकेट गुमाएर ४३ रन बनाएको छ । कप्तान रोहित पौडेल ४ र विनोद भण्डारी ३३ रन बनाएर खेलिरहेका छन् ।
यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको घरेलु टोली हङकङले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २१२ रन बनाएको थियो ।

Leave a Reply