एमालेलाई लक्षित गर्दै रामहरि खतिवडाको व्यंग्य- प्रधानमन्त्री भेट्नुभएकोमा बधाई

काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले एमालेलाई प्रधानमन्त्री भेटेको भन्दै व्यंग्य गरेका छन्। सत्ता समीकरण फेरिनुअघि एमालेले संसदमा प्रधानमन्त्री हराएको भन्दै चर्को आलोचना गरेको थियो।

प्रतिनिधि सभाको बैठकमा बोल्दै अब सरकारलाई जनताले पनि भेट्न पाउनुपर्ने बताए।

उनको भनाइ जस्ताको तस्तैः
हराएको प्रधानमन्त्री भेट्ने अवसरमा पाउनुभएकामा सबैलाई बधाइ दिन चाहन्छु। अब सरकारलाई जनताले पनि भेटोस्। सहकारी पीडितहरुले न्याय पाउन्। सरकारी ठगलाई कारवाही पाउन्, मिटरब्याजी र लघुवित्तले न्याय पाउन्।
उपप्रधानमन्त्रीहरुको लस्कर हेर्दा पहिलो लहर भरिएकै छ। अझै तलसम्म आओस् शुभकामना। अब काँध फेर्ने कुरा आयो प्रधानमन्त्रीले काँध नफेरेर खुट्टा फेरिरहनुस् यसमा पनि शुभकामना। अब छोरी नगरपालिका भन्थे अब बा नगरपालिका पनि घोषणा होस् शुभकामना।

Comments

One response to “एमालेलाई लक्षित गर्दै रामहरि खतिवडाको व्यंग्य- प्रधानमन्त्री भेट्नुभएकोमा बधाई”

Leave a Reply

Your email address will not be published. Required fields are marked *