काठमाडाैं । सत्ता गठबन्धनबाट धकेलिएकाे नेपाली कांग्रेसले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई प्रधानमन्त्री पदकाे अफर गरेकाे छ ।
कांग्रेसकाे माथिल्लाे तहबाट आधिकारिक प्रस्ताव आएकाे रास्वपा स्राेतले बतायाे ।
कांग्रेसकाे प्रस्तावपछि रवि आन्तरिक छलफलमा छन् । उनले कांग्रेसलाई कुनै जवाफ दिइसकेका छैनन् ।
कांग्रेस प्रवक्ता प्रकाशशरण महतले प्रधानमन्त्रीको अफर आएको स्वीकार गरेका छन् तर सो अफर स्वीकार भने नगरिएको बताएका छन् ।
कांग्रेसले यसैगरी राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनलाई पनि अघिल्लो वर्ष प्रधानमन्त्री प्रस्ताव गरेको थियो । प्रचण्डले बालकोट पुगेर प्रधानमन्त्री बनेपछि राप्रपालाई रोक्न कांग्रेसले अनौपचारिक प्रस्ताव गरेको थियो र त्यो कुरा लिङदेनले पनि स्वीकार गरेका थिए ।
तर यसपटक पनि कांग्रेसले गठबन्धन भत्काउन र बहुमत पुग्न नदिन रविलाई सो प्रस्ताव अनौपचारिकरुपमा राखेको हो । दुवै पक्षले यसलाई गम्भीरतासाथ अघि बढाएका भने छैनन् ।

Leave a Reply