कैलाली । नागरिक उन्मुक्ति पाटीले पनि प्रदेश र प्रतिनिधि सभा सदस्यहरूको बैठक बोलाएकाे छ ।
पछिल्लो राजनैतिक अवस्थाबारे छलफल गर्न बैठक बोलाइएको नाउपाका अध्यक्ष रेशमलाल चौधरीले बताए । आज साँझ काठमाडौँमा बस्ने बैठकले आगामी रणनीति तय गर्ने उनले बताए ।
अध्यक्ष चौधरीले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा पनि गठबन्धन भत्कने पक्का भएसँगै राजनैतिक नयाँ समीकरण सुरु भएको उल्लेख गरेका थिए ।

Leave a Reply