सत्ता गठबन्धन बदलिँदै, प्रचण्डकै सरकारमा सहभागी हुन एमाले र रास्वपा तयार

काठमाडौं । कांग्रेस-माओवादीसहितको सत्तारुढ गठबन्धन दुर्घटनामा परेको छ । प्रचण्डकै नेतृत्वको सरकारमा एमाले सहितका दलहरु सहभागी हुने भएका छन् ।

हिजो बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ सत्ता समिकरणको प्रस्ताव राखेका थिए । त्यसमा एमाले, रास्वपा लगायतका दलहरु सहमत भएपछि अर्को गठवन्धन बन्ने निश्चित भएको हो ।

आजै एमाले र रास्वपाले आकश्मिक बैठक बसेर नयाँ समिकरणमा जाने निर्णय समेत गरेका छन् । एमाले उपमहासचिव प्रदीप ज्ञवालीले बैठकमा पछिल्ला घटनाक्रमको विश्लेषण भएको बताए । गठबन्धन परिवर्तनको कुरा प्रधानमन्त्रीमा भर पर्ने उनको भनाइ छ ।

‘प्रधानमन्त्रीले यो गठवन्धन आफ्नो लागि कठन हुँदै गएको, कतिपय विवादित र असफल मन्त्रीलाई हटाउन नसकेको कारण नयाँ ढंगले अगाडि बढ्ने संकेत गर्नुभएको छ । हामीले पनि यस विषयमा आज गम्भीर छलफल गरेका छौं । स्थिति परिपक्व भइसकेको छैन, तर नयाँ विकासक्रमतर्फ राजनीति अघि बढेको छ’, उनले भने ।

एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले आजै सानो मन्त्रीपरिषद बन्ने भनेर सामाजिक सञ्जालमा स्टाटस लेखेका छन् । अन्य नेताहरुले पनि प्रचण्ड सरकारमा फेरबदल हुने बताएका छन् । रास्वपाको आजको वैठकले नयाँ गठवन्धनका लागि तयार रहने निर्णय गरेको छ । पार्टीले यसका विषयमा सबै पहल गर्ने जिम्मेवारी सभापति रवि लामिछानेलाई दिएको छ ।

 

Comments

One response to “सत्ता गठबन्धन बदलिँदै, प्रचण्डकै सरकारमा सहभागी हुन एमाले र रास्वपा तयार”

  1. Nagendra Avatar
    Nagendra

    गठबन्दनले बन्धक बनेको, घटेशी लागेर निसासिएको देशले अलि सहज महसुस गर्ला जस्तो संकेत देखिदै छ !!
    १. देश प्रति इमान्दार बन नेताहरु : बिग्रिने बाटोको हद नाघी सकेको छ !! त्यो उल्टो हिड्ने बाटोबाट रोकिने र त्यो तितो बिगतलाई गम्भीर समिक्ष्या गर्दै, नमेटिने शिक्षा लिंदै देश र जनता प्रति जिम्मेवार बन्ने आजको आवस्येक्ता हो !!
    २. नयाँ आखा लगाउ, परिस्थितिलाई नियालेर हेर र समस्याहरुका जरा सम्म पुगेर देशलाई सुल्टो दिसामा हिडाउने कर्म गर !!
    ३. अब मात्र उन्नतिको कुरा हुनु पर्छ !! उन्नतिको यौटै आधार बलियो राष्ट्रिय सक्ति हो : अबको एलाइन्स त्यो राष्ट्रिय आवस्येक्ताको मान्यताबाट निर्देशित होस् !! धेरै सुभकामना !!
    ४. बिदेशीको लागि हैन देशवासीको लागि कम्फ़र्टेबल बन्ने चिन्ता गर पाइला पाइलामा !!! आफ्नै बुताले बनाएको घरमा मात्र हुन्छ त्येस्तो जसको जग बन्यो यसरी, घर बनाउ अब !!

Leave a Reply

Your email address will not be published. Required fields are marked *