काठमाडाैं । काठमाडौं महानगरपालिकाका नगर प्रहरीले सडक व्यापारीमाथि अनाधिकृत रूपमा बल प्रयोग गरेकाे आराेपकाे मेयर बालेन्द्र साहले प्रतिवाद गरेका छन् ।
नगर प्रहरीसितकाे झडपमा संलग्न महिला सडक व्यापारी नभएर एमाले कार्यकर्ता भएकाे उनकाे दावी छ ।
सामाजिक सञ्जालमा एक पाेस्ट गर्दै बालेनले नगर प्रहरीमाथि एमालेका राजनीतिकर्मीले सुरूमा आक्रमण गरेकाे आराेपसमेत लगाएका छन् ।
उनले लेखेका छन्, ‘…हाम्राे नगर प्रहरीले प्रहरीकाे अधिकार प्रयाेग गरेकाे हाेइन, आत्मरक्षा र प्रतिवादका लागि मानवअधिकारकाे प्रयाेग गरेका हुन् । तपाईंले हेर्नुभएकाे भिडिओ दाेस्राे हाफ हाे, पहिलाे हाफलाई राष्ट्रिय सरकारले मेटाएकाे छ ।’
उनले केही घाइते प्रहरीकाे तस्विरसमेत सार्वजनिक गरेका छन् ।
‘यी तस्विर तपाईंले खाेज्नुहुन्न र छाप्नुहुन्न,’ बालेनले लेखेका छन् ।

Leave a Reply