पहिलो हाफमा जोर्डनमाथि नेपालको दबाब, १-० गोलले अगाडि

काठमाडौं । वाफ वुमन्स च्याम्पियनसिपको अहिले भइरहेको उपाधि भिडन्तमा जोर्डनसँग भिडिरहेको नेपाल पहिलो हाफको समाप्तीमा १–० गोलले अगाडि रहेको छ ।

साउदी अरबमा भइरहेको खेलको २९ औँ मिनेटमा नेपालले अग्रता लिएको थियो । सविता राना मगरले डिबक्सबाहिरबाट गोल गरेकी थिइन् ।

डीबक्सबाहिर एक छेउबाट रेखा पौडेलले दिएको क्रस पासमा सविताले सेकेन्ड बार च्याप्दै गरेको प्रहार जोर्डनका खेलाडीलाई डिफ्लेक्ट हुँदै गोल भएको थियो । पहिलो हाफको इन्जुरी समयमा जोर्डनले गोल गर्ने राम्रो अवसर पाएपनि सिक्स यार्ड सर्कलबाहिरबाट फ्रेममा प्रहार हुन नसक्दा नेपालको संकट टरेको थियो।

नेपाल सिनियर अन्तर्राष्ट्रिय महिला फुटबलमा पहिलो उपाधि जित्ने प्रयासमा छ।

सन २००५ बाट सुरु भएको वाफ महिला च्याम्पियन्सिपको पहिलो आयोजक र बिजेता नि जोर्डन नै थियो।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *