ललिता निवासको जग्गा खाली गर्न बालेनको उर्दीविरुद्ध पाटन उच्च अदालत- फैसला अन्तिम नभएकाले अन्तरिम आदेश

काठमाडौं। व्यक्तिको नाममा दर्ता रहेको ललिता निवासको सरकारी जग्गा खाली गर्न काठमाडौं महानगरपालिकाले दिएको हदम्यादविरुद्ध पाटन उच्च अदालतले अन्तरिम आदेश दिएको छ।

प्रकाश खरेलको एकल इजलासले दुई वटा आधारलाई टेकेर काठमाडौं महानगरपालिकाको निर्देशनविरुद्ध अन्तरिम आदेश दिएको हो।

विशेष अदालतले ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा ल्याइएको प्रमाणित गरेको थियो। त्यसयता काठमाडौं महानगरपालिकाले ती जग्गा खाली गर्न निर्देशन दिएको हो।

न्यायाधीश खरेलको इजलासले विशेष अदालतको फैसला अन्तिम नभएको र पुनरावेदन गर्ने हदम्याद बाँकी नै रहेको अवस्थामा अहिले नै जग्गा खाली गर भन्न नमिल्ने भन्दै अन्तरिम आदेश जारी भएको उल्लेख गरेको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *