लफ्टी इटोनले भने- शतकतिर ध्यान थियो, मल्लको कीर्तिमान तोडिएको पछि मात्र थाहा भयो

काठमाडौं। नामिबियाका जान निकोल लफ्टी इटोनले त्रिवि क्रिकेट मैदानमा विश्व कीर्तिमानी टी-२० अन्तर्राष्ट्रिय शतक बनाएपछि आफूलाई विश्व कीर्तिमान तोडिएको बारे पछि मात्र थाहा भएको बताएका छन्।

‘मल्लले २९ बलमा शतक बनाएको जस्तो लागेको थियो। पछि साथीहरूले आएर भनेपछि मात्र थाहा भयो’, पोस्ट म्याच कन्फेरेन्समा लफ्टी इटोनले भने।

उनले शतक प्रहार गरेपछि आफूलाई रुन मन लागेको बताए। ‘किनभने नामिबियाका लागि मेरो यो पहिलो शतक थियो । म साँच्ची नै रुन चाहन्थेँ’, उनले भने।

१७ ओभरपछि आफूलाई शतक बनाउँछु जस्तो लागेको पनि उनले अनुभव साँटे। लफ्टी इटनले ३३ बलमा शतक पुरा गर्दै नेपालका कुशल मल्लले ५ महिना अघि बनाएको ३४ बलको विश्व कीर्तिमान तोडेका हुन्।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *