कुशल मल्लको विश्वकीर्तिमान भंग, इटोनले नेपालविरुद्ध हाने ३३ बलमा शतक

काठमाडौं। नामिबियाका जान निकोल लफ्टी इटन टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा कम बलमा शतक पुरा गर्ने खेलाडी बनेका छन्।

लफ्टी इटनले ३३ बलमा सतक पुरा गरेका हुन्। उनले ८ छक्का र ११ चौका प्रहार गरेका छन्। नेपालका कुशल मल्लले ३४ बलमा शतक पुरा गरेर सबैभन्दा कम बलमा सतक बनाउने विश्व कीर्तिमान बनाएका थिए।

मल्लले गत सेप्टेम्बर २७ तारिखमा मंगोलियाविरुद्ध उक्त सफलता प्राप्त गरेका थिए । करिब ५ महिनामै मल्लको कीर्तिमान तोडिएको हो ।

त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाअन्तर्गत त्रिवि क्रिकेट मैदानमा अहिले भइरहेको खेलमा नामिबियाले नेपालविरुद्ध १९ ओभरमा ३ विकेट गुमाएर एक सय ९६ रन जोडेको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *