काठमाडौँ । सिप्ला सेक्युरिटीज प्रा लि लाई नेपाल स्टक एक्सचेन्जले निलम्बन गरेको छ ।
सिडिएस एण्ड क्लियरिङ लिमिटेडले तोकिएको समयमा राफसाफ नगरेको भन्दै सिप्लालाई निलम्बन गर्न नेप्सेलाई पत्र पठाएको थियो ।
सोही पत्रको आधारमा उक्त ब्रोकर कम्पनीलाई तीन कार्य दिनका लागि निलम्बन गरिएको नेप्सेका वरिष्ठ अधिकृत सन्तोष आचार्यले बताए ।
तर लगानीकर्ताहरूले उक्त ब्रोकर सञ्चालकलाई जरिवाना गर्नुपर्नेमा निलम्बन नै गरेर लगानीकर्तालाई सास्ती दिएको भन्दै नेप्सेको आलोचना गरेका छन् ।
यता नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले कानुनी व्यवस्था नै सोही अनुसार भएकाले निलम्बन गरेको बताएका छन् ।


Leave a Reply