‘राइजिङ ट्यालेन्ट अफ जेभियर २०२४’ सम्पन्न

काठमाडौं । काठमाडौंको कालोपुलस्थित जेभियर इन्टरनेशनल कलेजको प्रज्ञा प्रतिष्ठानमा सोमबार ‘राइजिङ ट्यालेन्ट अफ जेभियर २०२४’ सम्पन्न भएको छ।

३५०० विद्यार्थीहरुबीचमा सम्पन्न भएको उक्त प्रतियोगिताको ग्र्यान्ड फिनालेमा जेभियरका विद्यार्थीले नाचगान, नाटक, र्याम्पवाल्क,ब्यान्ड कम्पिटिसन तथा विभिन्न बिधामा प्रस्तुती दिएका थिए।

उक्त प्रतियोगितामा विभिन्न १२ बिधामा बिजेता घोषणा गरिएको छ। बिजेताहरुलाई ट्रफी, मेडल र प्रमाणपत्र गरियो। यो बर्ष आर टि एयाक्स बिजेता जेभियर ए लेभल कृयुले जित हात पारेको छ ।

बिगत लामो समयदेखि विद्यार्थीलाई हौसला प्रधान गर्न मनोरञ्जन तथा शैक्षिक कार्यक्रम गर्दै अएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *