गगन थापा भन्छन्- सहकारी ठग्ने र दुई चार थान नागरिकता राख्नेलाई पनि घर पठाइदिऔं (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अख्तियारले डामेको, आयोगले पोलेको र सरकारी जग्गामा आँखा गाडेको झण्डावालाहरुलाई मात्रै नभई सहकारी ठग्ने, दुई चार थान नागरिकता राख्नेमाथि पनि छानबिन गर्नुपर्ने बताएका छन्।

प्रतिनिधि सभाको बैठकमा सत्तापक्ष र प्रतिपक्षबीचको दोहोरी अन्त्य गर्नका लागि आरोप लागेकाहरूमाथि छानबिन अगाडि बढाउनुपर्ने बताए।

उनको भनाइ जस्ताको त्यस्तैः

केही दिनयता संसदमा सत्तापक्ष र प्रतिपक्षबीच दोहोरी चलेको देखिन्छ। यही पाराले मूल विषय छायामा परेर संसद न राम्रोसँग चल्ने भयो ? अब यसो गरौँ आसनको दायाँ बस्ने होस् कि बायाँ बस्ने होस्।

अख्तियारले डामेको, आयोगले पोलेको र सरकारमा जग्गामा आँखा गाडेको झण्डावालाको झण्डा छोपेर घर पठाइदिऔं। अनि सहकारी ठग्ने, दुई चारथान नागरिकता राख्नेलाई पनि यहाँ राख्ने होइन घरै पठाइदिएर अनुसन्धान गर्न लगाइदिऔँ। यति गर्न सके के होला ? निर्दोष भए फर्केर आउनुहोला। 

फूलमाला लगाएर स्वागत गरौँला। दोषी भए दण्ड व्यहोर्नुहोला। अलिअलि सफा गर्न सके मात्रै यहाँ मिटर ब्याजका बारेमा, दूध किसान, एनसेलको प्रतिवेदनको बारेमा जमेर सार्थक छलफल गर्न सकिन्थ्यो होला। होइन भने यताले उता देखाउने उताकोले यता देखाउने दोहोरी चलिराख्ने भो।

Comments

3 responses to “गगन थापा भन्छन्- सहकारी ठग्ने र दुई चार थान नागरिकता राख्नेलाई पनि घर पठाइदिऔं (भिडिओ)”

  1. ksp pyl Avatar
    ksp pyl

    अनि अमेरिकी दलाललाई पनि ।

  2. Rajan Bhattarai Avatar
    Rajan Bhattarai

    बाख्रा चोर लाई नि घर पठाईदिय हुन्छ।

  3. Lal kaji Avatar
    Lal kaji

    थानकोट पनि कटाउनु पर्छ।
    सबै प्रकारका दोषीहरुलाई।

Leave a Reply

Your email address will not be published. Required fields are marked *