सन्तान नभएपछि मनिषाले अस्पताल पुगेर चाेरेकी थिइन् शिशु

काठमाडौंं । काठमाडौंको थापाथलीस्थित प्रसुति गृहबाट शिशु चोरी गर्ने महिलासहित ३ जनालाई  प्रहरीले पक्राउ गरेको छ ।  दैलेख नौमुले गाउँपालिका १ घर भई काठमाडाैं काँडाघारी बस्ने  २४ वर्षीया मनिषा भनिने कीमन कुमारी सिंह,  श्रीमान वर्ष २८ को नरेन्द्र मल्ल, उनको दिदी शारदा शाहीलाई काँडाघारी स्थित डेरा कोठाबाट  पक्राउ   परेका हुन् ।

शिशुसहित उनीहरुलाई शुक्रबार राति ११ः४५ बजे काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले काँडाघारीबाट पक्राउ गरेको छ। मनिषाका श्रीमान नेपाली सेनामा कार्यरत छन् ।

विवाह गरेको लामो समयसम्म पनि सन्तान नभएपछि मनिषाले बालिकाको चोरी गरेको अपराध महाशाखाका एसपी रविन्द्र रेग्मीले नेपालप्रेसलाई बताए ।

प्रहरी पुग्दा आफू भर्खरै सुत्केरी भएका्े र आफनै बच्चा भएको दाबी गरेकी थिइन् । एसपी रेग्मीका अनुसार मनिषाले आफू सुत्केरी भएको छिमेकी र आफन्तलाई जानकारी समेत गराएकी थिइन् । रेग्मीले भने, ‘हामी पक्राउ गरेर ल्याउँदा पनि आजै  ११ बजेर ५६ मिनेटमा जन्मेको हो बच्चा म सुत्केरी छु भनेर नाटक गर्र्दै हुनुहुन्थ्यो ।’

शुक्रबार काठमाडौंको थापाथली स्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको कम्पाउण्डभित्रबाट काभ्रेपलाञ्चोक चौरीदेउराली गाउँपालिका३ घर भई हाल कपन बस्ने २२ वर्षीयासबिना श्रेष्ठको २६ दिनको आफ्नो छोरीलाई एक अपरिचित महिलाले मागेर बोकेको थिइन् ।

बच्चालाई लिई फरार भएकी थिइन् । उनीहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान अगाडि बढाइएको छ ।
सो बच्चालाई उद्धार गरी अभिभावकको साथमा उपचारको लागि काठमाडौं मेडिकल कलेज, सिनामंगल पठाई उपचार भइरहेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *