गायक तिलक बस्नेत र गायिका बन्दनाको ‘पैसा’ म्युजिक भिडिओ सार्वजनिक

काठमाडौं । गायक तिलक बस्नेत र गायिका बन्दना पाण्डेको ‘पैसा’ बोलको म्युजिक भिडिओ सार्वजनिक भएको छ । पैसाको कारोबारले दिएको दुःख र पीडालाई गीतमा समेटिएको छ । गीतको शब्द ज्ञानेन्द्र क्षेत्री र संगीत गायक बस्नेतकै हो भने रमेश सेन्चुरीको एरेन्ज तथा नरेन्द्र वियोगीले मिक्सिङ गरेका छन् ।

भिडिओको कथा र निर्देशन विशाल घिमिरेले गरेका छन् भने निर्माण ज्ञानेन्द्र क्षेत्री र गाेकर्ण बस्नेतले गरेका छन् । भिडिओको छायांकन नवराज उप्रेतीले गरेका छन् भने अमृत चापागाईंले सम्पादन गरेका छन् ।

भिडिओमा कलाकारहरु विराज बास्कोटा, कमल मणि नेपाल (खुपिका बाउ), एलिना थपलिया, सुस्मिता कुँवर, कृष्ण बस्नेत, लिला खनाल, सम्मान क्षेत्री, रोनिश सिवाकोटी, उज्ज्वल खरेल, सजन जंग खत्रा, दिनेश सुवेदी, सन्जिता भण्डारी, नितेश पौडेल, पूजा गौतम, रिता भण्डरीलगायतको अभिनय रहेको छ ।

भिडिओले समाजमा घटिरहेका विशेषगरी आर्थिक लेनदेनले पारेको प्रभावबारे देखाएको छ । दुःख पर्दा पैसा माग्न आउनेले आफ्नो काम टरेपछि गर्ने बेवास्ता र सास्तीलाई गीतमा कलात्मक ढंगले प्रस्तुत गरिएको छ । दर्शककै दुःखलाई गीत र भिडिओमा उतारिएको गायक तिलक बस्नेतले बताए । भिडिओ तिलक बस्नेतकै अफिसियल च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

भिडिओः

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *