बुवा बने किरण चेम्जोङ

काठमाडौं। राष्ट्रिय फुटबल टीमका कप्तान किरण चेम्जोङ बुवा बनेका छन्। आफ्नो सामाजिक सञ्जालमार्फत पत्नी कञ्चन निरौला र छोरासँगको तस्विर शेयर गर्दै उनले आफु बुवा बनेको खबर सार्वजनिक गरेका हुन् ।

तस्विरसहित चेम्जोङले सबैलाई माया र आर्शीवादका लागी धन्यवाद दिएका छन भने उनले आफ्नो छोरालाई पनि स्वागत गरेका छन्। उनले लेखेका छन, ‘माया र आशीर्वादको लागि सबैलाई धेरै–धेरै धन्यवाद। हाम्रो संसारमा अनन्त खुशीले भर्दै, हाम्रो खुशीको सानो बन्डल यस धर्तीमा आइपुगिसकेको छ। हाम्रो जुनियरलाई यस संसारमा स्वागत छ।

केही समय अघिमात्र कञ्चनले बेम्बी बम्पका तस्वीर र भिडिओसहित आफ्नो टिकटक अकाउन्टमा आफूहरुलाई सन् २०२४ मा सन्तान लाभ हुन लागेको जानकारी दिएकी थिईन।

किरण र एयरहोस्टेस कञ्चन गत वर्ष भदौ १५ गते विवाहबन्धनमा बाँधिएका थिए । डेढ वर्ष लामो प्रेमपछि उनीहरुले विवाह गरेका थिए । किरण सहभागी माजिया स्पोर्ट्स एन्ड आरसीले माल्दिभ्सको धिवेही प्रिमियर लिगको उपाधि जितेपछि किरणले सेलिब्रेसनकै क्रममा टीमको सामुन्ने प्रेमिकालाई औंठी लगाइदिएका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *