विप्लवको विद्यार्थी संगठनको नयाँ नेतृत्व घोषणाप्रति असन्तुष्टी

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्वव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट विद्यार्थी संगठनको नयाँ नेतृत्व चयन भएको एक दिन वित्न नपाउदैँ नयाँ नेतृत्व चयनप्रति असन्तुष्टी पोखिएको छ ।

पार्टी प्रवक्ता प्रकाण्ड सीका पुत्र नरेन्द्र सीको नेतृत्वमा १८१ सदस्यीय नयाँ नेतृत्व चयन भएको दोस्रो दिन सोही संगठन अखिल (समाजवादी)का छात्रा विभाग प्रमुख तारा संन्ज्यालले सामाजिक सञ्जाल फेसबुकमार्फत असन्तुष्टी जनाएकी हुन् ।

उनले पार्टीका महासचिव विप्लव, पार्टीका नेता शिलु र संगठनका पूर्व अध्यक्ष प्रकाश शाहीलाई नेकपा कसैको बाउको बिर्ता नभएको भन्दै पार्टी र संगठनको लेटर हेडमा प्राली वा कम्पनी पनि लेख्न चुनौती दिएकी छन् । आर्थिक, सास्कृतिक बिचलन भएका, कार्वाहीमा परेका तथा लामो समय निलम्बित भएकालाई नेता मान्न नसकिने भन्दै बताएकी छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छन्, ‘अति भो अब त सकिदैन । आर्थिक हिसाबले कार्वाही परेकालाई नेता मान्न सकिदैन । सास्कृतिक विचलन भएका, कार्वाहीमा परि लामो समय निलम्बित भएकालाई नेता मान्न सकिदैन । सिन्को नभाच्ने बर्षौ घरमा बस्ने, एक इकाईसम्म नबनाएकोलाई नेता मान्न सकिदैन ।

अरे तिम्रा बाउको बिर्ता हो यो पार्टी ? हाम्रो पनि ठूलो देन छ लगानी छ, जेल नेल भोगेको छौ, पुलिसका बुट खाएको छौ, यातना भोगेको छौ, कालो पट्टि हामिलाई बाधेको हो । पुलिसले नेतालाई भेट्न् नदिने ? महासचिव सिलु र प्रकाश शाहीको मात्र हुन् ? सिन्डिकेट लाउने ? प्रा ली कम्पनी लेख अब लेटरहेडमा । हुदाहुदा दुधको साची बिरालो राखिदिए ।’

छात्रा विभाग प्रमुख संज्यालले आफुले नेताको चाकरी गर्न नसकेको, नेतालाई ठुला होटल तथा रेष्टुरेन्टमा खुवाउन नसकेको पनि बताएकी छन् । उनले लेखेकी छन्, ‘साच्चै म स्वीकार्छु काम गर्नै सकिएन । नेताको खुट्टा मालिस गर्न सकिएन । हदैसम्मको चाप्लुसी र चाकरी गर्न सकिएन । सुटबुट किन्देर गोजी भर्न सकिएन । बर्थडेमा केक लिएर घर जान सकिएन ।

रक्षा बन्धनमा राखी किनेर घरैमा गएर बाध्न सकिएन । ठमेलका ठुला–ठुला होटेलमा लिएर राख्न सकिएन । आफ्नो खास नेता बनाउन सकिएन । च्यानल भन्दा दायाँबायाँ गर्न सकिएन । लोकल मुर्गा र ब्रान्डेट रक्सी लियर दिन सकिएन ।

दाइ दिदी मात्र बनाउन सकिएन । बनाइयो त केवल संगठन बनाइयो । घर व्यभार लथालिङ बनाइयो । मधेस भने मधेस गैयो, तराई भने तराई गैयो, एससीसीको बिरोधमा घाइते बनियो, भुटानी शरणार्थी कान्डमा गिरफ्तार बनियो ।

दर्जनौ गिरफ्तार परियो, सयौं दिन हिरासत बसियो । बम बिस्पोर्ट लगायत दर्जनौं मुद्दा खेपियो ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *