कम्युनिष्ट घोषणापत्रको १७६ वर्ष : यी हुन् घोषणाका सात रोचक पक्ष

काठमाडौं । विश्वभरका साम्यवादी अर्थात् कम्यनिष्टहरुको आदर्श दस्ताबेज हो कम्युनिष्ट घोषणापत्र । सन १८४८ फेब्रुअरी २१ मा कम्युनिष्ट घोषणापत्र तयार भएको हो । यसकै वैचारिक, सैद्धान्तिक तथा कार्यक्रमिक आधार टेकेर विश्वमा कम्युनिष्ट पार्टीहरू स्थापना भएका हुन् ।

कम्युनिष्ट सत्ताहरू निर्माण भएका हुन् । विश्वको पहिलो कम्युनिष्ट देश सोभियत संघ देखि अहिलेको चीन तथा भियतनाम हुँदै उत्तर कोरियादेखि क्युबा जस्ता देशहरू यही लाइनमा आफूलाई कम्युनिष्ट देश भन्दै आएका छन् । कम्युनिष्ट देश र दर्शन निर्माणको मेरुदण्ड कम्युनिष्ट घोषणापत्रका केहि रोचक पक्ष यस्ता छन्:

१. घोषणापत्र लेख्न मार्क्सले विलम्ब गरेका थिए

सन १८४७ मा कम्युनिष्ट लिगको गठन भएको थियो । त्यसैको म्यान्डेटको रूपमा कम्युनिष्ट घोषणा लेख्ने कार्य तय भएको थियो । मुख्य जिम्मा कार्ल माक्स र फेडरिक एङ्गेल्सको थियो । तर, लेख्ने कुरामा मार्क्सले पटक पटक विलम्ब गरेका थिए । त्यसको लागी उनलाई आलोचना गरिएको थियो । घोषणापत्र लेख्न छोडेर युपोप डुलेको, अरू लेखहरू लेखेको र काम टारेको भन्दै उनको व्यापक आलोचना भएको थियो ।

२. कम्युनिष्ट घोषणापत्र लेखेको आधारमा मार्क्स धेरै देशबाट निष्कासनमा परे, राज्यविहीन भएर मरे

कम्युनिष्ट घोषणापत्र लेखेकै आधारमा मार्क्सलाई फ्रान्स, जर्मनी देखि बेल्जियम जस्ता देशहरूबाट मार्क्सलाई निष्कासन गरिएको थियो ।उनलाई बेलायतले शरण त दियो तर नागरिकता दिएन । जर्मनीको नागरिकता त्यागेका र बेलायती पनि हुन नपाएकाले मार्क्स मर्दा उनी राज्यविहीन भएर मरेका थिए । उनको मृत्यु सन १८८३ मार्च १४ मा भएको थियो ।

३. सेक्सपियरको नाटक ह्यामलेटबाट प्रभावित थिए मार्क्स

मार्कले सेक्सपियरले लेखेको नाटक ह्याम्लेटका पात्रले सत्ता र शक्तिमा हुनेलाई गरेको प्रश्नबाट उनी प्रभावित भएको बताइएको छ ।

४. अंग्रेजी अनुवाद भएपछि मात्रै घोषणापत्रका लेखकको बारेमा जानकारी सार्वजनिक भएको थियो

सन १८५० मा कम्युनिष्ट मेनुफेस्टो जर्मनी भाषाबाट अंग्रेजीमा अनुवाद गरियो । अनुवादक थिए जर्ज जुलियन हार्नी । उनले यसका खास लेखक मार्क्स र एङ्गेल्स भएको भनेपछि यसबारेमा खुलेको हो । त्यो भन्दा अगाडि घोषणापत्र लेखिए पनि लेखकबारेमा जानकारी सार्वजनिक भएको थिएन ।

५. मार्क गरिब थिए, एङ्गेल्स धनी, मार्क्सका छोरीले आत्महत्या गरे

जर्मनी भाषामा लेखिएको घोषणापत्रका एक लेखक मार्क्स गरिब थिए । अर्का पात्र एङ्गेल्स चै धनी । एङ्गेल्सको मृत्युको समयमा उनको सम्पत्ति ४८ लाख डलरको भएको बताइन्छ । उनको मृत्यु सन १८९५ अगस्ट ५ मा भएको थियो ।

६. औद्योगिक सेनाको कुरा थियो घोषणापत्रमा

कम्युनिष्ट पार्टीका दश उद्देश्यको चर्चा गरिएको थियो घोषणापत्रमा । त्यसमा एक लक्ष्य थियो औद्योगिक सेनाको । यो आठौं नम्बरको लक्ष्य थियो । अरू लक्ष्यहरूमा निजी सम्पत्तिको अन्त्य, अंशको अन्त्य, धनीलाई उच्च आयकर, सञ्चार तथा यातायातका सबै उत्पादनका साधन राज्यको मातहतमा हुने, सबैलाई कामको अधिकार, सबै बालबालिकालाई निःशुल्क शिक्षा, बालश्रमको अन्त्य, पूँजी नीजि क्षेत्र होइन राज्यको नियन्त्रणमा हुने आदि लक्ष्य रहेका थिए ।

७. २१ औँ शताब्दीको आर्थिक असमानता १९ औँ शताब्दीमै मार्क्सले कल्पना गरेका थिए

धेरै कुरामा आलोचना गर्नेहरूले पनि मार्क्सको आर्थिक कोणलाई भने नकार्न सक्दैनन् । उनले बढ्दो औद्योगीकरण र पूँजिवादले समस्या ल्याउने भनेर असमानताको कुरा गरेका थिए । जुन २१ औँ शताब्दीमा आएर राम्रोसँग पदार्पण भएको बताइन्छ ।

(अन्तर्राष्ट्रिय न्यूज पोर्टलहरूको सहयोगमा)

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *