हृदयेश त्रिपाठी र वृषेशचन्द्र लालबीच सहकार्य गर्ने पाँच बुँदे सहमति

काठमाडौं । हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी र वृषेशचन्द्र लाल नेतृत्वको तराई–मधेश लोकतान्त्रिक पार्टीबीच आगामी दिनमा सहकार्य गर्ने सहमति भएको छ। दुई पार्टीबीच पाँच बुँदे सहमति गरेर सहकार्यको लागि तयार भएका हुन्।

उनीहरुबी नेपालको संविधानको रक्षार्थ यसमा समसामयिक संशोधन गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढिकरण गर्न, तराई–मधेश का साथै सम्पूर्ण देशमा सुशासन र समृद्धिको लक्ष्य प्राप्ति गर्न, विद्यमान सबै प्रकारका विभेद अन्त्य गर्न, निरन्तर बिग्रदो अर्थतन्त्रमा सुधार तथा देशको कृषि उत्पादनमा वृद्धि र किसानको हितमा क्रियाशील रहन,् लाल आयोगको प्रतिवेदन सार्वजनिकरण तथा कार्यान्वयन गराउन सहमति बनेको छ।

दुई पार्टीबीच बनेको सहमति कार्यान्वयन गराउन लोसपा, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टीलगायत अन्य दलहरुलाई सहकार्यको अभियानमा सरीक हुन आह्वान गरेका छन्।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *