हेटौंडा । मकवानपुरमा अटो दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नम्बर ४ ज्वालादेवीमा भएको दुर्घटनामा स्थानीय ३६ वर्षका देविबहादुर घिमिरेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
मकवानपुरगढीको धादिङबजार बाट ज्वालादेवी तर्फ आइरहेको ना २ ह ५२६८नं। अटो अनियन्त्रित भई पल्टदा अटो चालक समेत रहेका घिमिरे गम्भीर घाइते भएको र हेटौंडा अस्पतालमा उनको मृत्यु भएको प्रहरीको भनाइ छ ।

Leave a Reply