काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले पार्टीबाट निर्वाचित वडाध्यक्षदेखि संघीय सरकारका मन्त्रीसम्मको सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने बताएका छन् ।
महासमितिको बैठकको उद्घाटन सभालाई सम्बोधन गर्दै कानूनमन्त्रीसमेत रहेका गुरुङले सम्पत्ति विवरण सार्वजनिक गर्ने प्रस्ताव पारित गरे जनताको मन छुनसक्ने बताए ।
उनले भने, ‘यो प्रस्ताव बैठकबाट पारित गर्याैं भने जनताको मन छोएर आगामी निर्वाचनमा पहिलो पार्टी होइन, बहुमतसहित तीनै तहमा अगाडि बढ्नसक्छौं ।’
उनले पार्टी कमिटी भद्दा भएको भन्दै सबै कमिटी सानो बनाउन एकजुट हुनुपर्ने बताए ।

Leave a Reply