काठमाडौं । आज नेपाल ए टीमले पहिलो एक दिवसीय खेल अन्तरगत क्यानडा ११ सँगै खेल्दैछ ।
क्यानडाले विश्वकप लिग-२ त्रिकोणात्मक सिरिज अघि नेपाल एसँग अभ्यास खेल्न लागेको हो ।
खेल बिहान साढे ९ बजे मुलपानीमा सुरु हुने छ । नेपाल ए को कप्तानी विनोद भण्डारीले गर्नेछन् ।
पहिलो पटक आधिकारिक रूपमा नेपाल ए टोली बनेको पनि हो ।

Leave a Reply