एमालेमा गुटबन्दी छ तर प्रतिस्पर्धाबाट नेतृत्वमा आउन कसैले छेक्दैन : पदम गिरी

काठमाडौं । नेकपा एमालेका नेता पदम गिरीले पार्टीमा नयाँ नेतृत्वका लागि प्रतिस्पर्धा गर्न आफ्नो पार्टी खुला रहेको बताएका छन्।

नेपाल लिटरेचर फेस्टिभलमा बोल्दै १० औँ महाधिवेशनपछि पार्टीमा धेरै ठूलो परिवर्तन आएको बताए।

उनले भने- नयाँ पुस्तामा पार्टीको केन्द्रीय तहदेखि तलसम्म उल्लेख्य मात्रामा आएका छन् । महाधिवेशनपछि हामीजस्ता दर्जनौँ युवाहरू केन्द्रीय कमिटीमा छौँ । र, पार्टीमा मात्रै होइन संसदीय मोर्चामा पनि हामीलाई जिम्मेवारी दिएको छ । पार्टीको सिंगो नेतृत्व नयाँ पुस्तालाई अघि बढाउन गम्भीर छ । पार्टीमा नयाँ नेतृत्वको कुरा गर्दा प्रणाली पनि स्थापित छ । प्रतिस्पर्धा गरेर कोही व्यक्ति पनि नेतृत्वमा आउन खुला वातावरण छ ।

पार्टीमा गुटबन्दी समस्याका रूपमा रहेको स्वीकार गर्दै लोकतान्त्रिक विधि र प्रक्रिया निर्माणमा जाँदा सबै समस्या समाधान हुने विश्वास व्यक्त गरे।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *