कांग्रेस महासमिति बैठकमा प्रदेश र जिल्ला कार्यसमितिका सभापतिलाई आमन्त्रित सदस्यको रुपमा सहभागी गराउने

काठमाडौं । नेपाली कांग्रेसले महासमितिका सदस्य नरहेका प्रदेश कार्यसमितिका सभापति, जिल्ला कार्यसमितिका सभापति र भ्रातृ संघ तथा शुभेच्छुक संस्थाका केन्द्रीय अध्यक्षहरूलाई महासमिति बैठकमा सहभागी गराउने भएको छ।

प्रदेश कार्यसमितिका सभापतिसहित महासमिति सदस्य नरहेकाहरुलाई आमन्त्रित सदस्यका रुपमा सहभागी गराउने मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए।

महासमितिको बैठक फागुन ७ देखि १० गतेसम्म गोदावरीमा हुँदैछ। बैठकमा उपसभापति पूर्णबहादुर खड्काले नीति प्रस्ताव, महामन्त्री गगन थापाले सांगठनिक प्रस्ताव, अर्का महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक राजनीतिक प्रस्ताव, प्रवक्ता डा। प्रकाशशरण महतले नेपालको वर्तमान आर्थिक अवस्था, सम्भावना र भावी दिशा सम्बन्धी प्रतिवेदन र लेखा समितिका संयोजक श्यामकुमार घिमिरेले लेखा परिक्षण प्रतिवेदन बैठकमा पेश गर्दैछन्।

दुई दिनसम्म चलेको केन्द्रीय समितिको बैठकले प्राप्त सुझावलाई समावेश गरेर प्रस्तावलाई पारित गरिसकेको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *