काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को नीति, विचार, सिद्धान्तप्रति प्रतिबद्ध विभिन्न विधाका इन्जिनियरहरुको भेला काठमाडौंमा भएको छ।
शनिबार काठमाडौंमा भएकाले भेलाले अमित ढुंगानाको अध्यक्षतामा राष्ट्रिय प्रजातान्त्रिक ईन्जिनियर्स एशोसियसन गठन गरिएको प्रवक्ता मोहन श्रेष्ठले बताए।
भेलामा उपाध्यक्षमा बिजयराज भण्डारी, सचिवमा साहिल दाहाल, कोषाध्यक्षमा प्रकाश खरेल, सहसचिवमा सजिना कार्की चयन गरेको छ।
यस्तै, सदस्यहरुमा उपेन महत, दिपा श्रेष्ठ, सविता महत, गम्भिर जंग खड्का, गोपीकृष्ण चौलागाईं, सुनिल कुमार महतो, आयुष जि।सी, सरोज रजड, विनायक रेग्मी र लालसिंह धामी चयन गरेको प्रवक्ता श्रेष्ठले बताए।

Leave a Reply