क्लोजअप नेपालद्वारा ‘नजिक आउ’ वेब सिरिजको अन्तिम भाग सार्वजनिक

काठमाडौं । क्लोजअप नेपालले भ्यालेन्टाइन्स डे को दिनमा नजिक आउ वेब सिरिजको अन्तिम भाग सार्वजनिक गरेको छ।

क्लोजअप नेपालले ‘भ्यालेन्टाइन्स डे’ को अवसरलाई लक्षित गर्दै निरन्तरता दिएको नजिक आउ अभियान अन्तर्गत नजिक आउ वेब सिरिज सुरुवात गरेको हो । अभियानको लक्ष्य आपसी आकर्षणलाई सामिप्यतामा मिल्न प्रोत्साहन गर्नु रहेको बताइएको छ ।

एक ओरल केयर ब्राण्डको रुपमा स्थापित क्लोजअपले हरेक व्यक्तिलाई आत्मविश्वासका साथ आफ्ना प्रियजनसँग नजिक हुन प्रेरित गरेको कम्पनीको दावी छ । यसअघि नै चार भिन्न कथाहरु फेसबुक, इन्स्टाग्राम, युट्युब तथा क्लोजअपको माइक्रोसाइटमा सार्वजनिक गरिएको थियो । जसमा दर्शकहरुले व्यापक रुची देखाएको कम्पनीको दावी छ। ४ भागले एक करोड भन्दा माथि भ्युज र ९७ लाखभन्दा माथि पोस्ट इन्गेजमेन्ट हासिल गरेको कम्पनीले बताएको छ । साथै यस अभियानले सहभागीहरुको प्रेम कथालाई डिजिटल माध्यमबाट वास्तविकतामा प्रदर्शन गरेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *