नेपाल ए टीमले क्यानडाविरुद्ध आउँदो साता ३ खेल खेल्ने

काठमाडौं । नेपाल ए टीमले क्यानडासंग ३ खेल खेल्ने भएको छ । नेपाल ए टमिले पहिलोपटक क्यानडासंग ३ खेलको सिरिज खेल्न लागेको हो ।

नेपाल ए टीम र क्यानडाबिचको पहिलो खेल आउँदो आइतबार हुनेछ । दोस्रो खेल आउँदो मंगलबार र तेस्रो खेल आउदो बिहीबार हुनेछ । नेपाल ए टीम र क्यानडाबिचको खेल मुलपानी क्रीकेट मैदानमा हुनेछ ।

नेपाल क्रीकेट संघले बुधबारमात्रै क्यानडाविरुद्ध खेल्ने १६ सदस्यीय नेपाल–ए टीमको घोषणा गरेको थियो । ए टिमको कप्तानी विनोद भण्डारीले गर्नेछन् ।

नेपाल ए टीम

विनोद भण्डारी (कप्तान), अशुन्तोष घरैया, अर्जुन कुमाल, बसिर अहमद, विवेक यादव, हेमन्त धामी, किरण थगुन्ना, मायन यादव, प्रतिस जिसी, रसिद खान, रिजन ढकाल, सागर ढकाल, शाहब आलम, सन्दीप जोरा, शेर मल्ल र सुजन थपलिया

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *