नामिबियाका कप्तानको घातक बलिङले नेपाल थप अप्ठेरोमा

काठमाडौं। विश्वकप लिग-२ अन्तर्गत आफ्नो पहिलो खेलमा अहिले नामिबियासँग भिडिरहेको नेपाल संकटमा परेको छ।

कीर्तिपुर क्रिकेट मैदानमा पहिला ब्याटिङ गरेको नेपाल २१ रन जोड्दा ४ विकेट गुमाएर संकटमा परेको थियो।

कुशल मल्ल र भीम सार्कीले पाँचौँ विकेटका लागि ४६ रनको साझेदारी गरे पनि नामिबियाका कप्तान जेहार्ड एरासमसले नेपालको पुनरागमन प्रयासमा धक्का दिए। उनले आफ्नो पहिलो ओभरमै विस्फोटक ब्याट्सम्यान कुशललाई आउट गरे।

कुशलले १५ रन जोडे। आफ्नो दोस्रो ओभरमा उनले सोमपाल कामीलाई आउट गरे। नेपालले २३ ओभरमा ६ विकेट गुमाएर ७८ रन जोडेको छ।

एरासमसले २ ओभरमा केवल ६ रन दिएर २ विकेट लिएका छन्। रुबेन ट्रम्पलम्यान र ज्याक ब्रासेलले पनि २/२ विकेट लिए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *