ललिता निवासको फैसला भोलि मात्र आउने, इजलासले भ्याएन

काठमाडौं। ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा ल्याइएको मुद्दाको फैसला बिहीबार मात्र आउने भएको छ।

विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले मङ्गलवार फैसला सुनाउने तयारी भए पनि इजलासले नभ्याएको बताए।

‘फैसला लेख्न अझै समय लाग्ने भएकाले भोली मात्र सुनाउने कुरा भएको छ’, कार्कीले भने। यसअघि झन्डै एक महिनादेखि चलिरहेको बहस मङ्गलवार सकिएको थियो।

ललिता निवासको जग्गा व्यक्तिको नाममा ल्याइएको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीन पूर्व मन्त्री र तीन पूर्व सचिवसहित एक सय ७५ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *