काठमाडौं । नेपालको ए टीमका लागि सम्भावित ३६ खेलाडीको घोषणा गरिएको छ ।
नेपाल क्रिकेट संघले बुधवार ए टीमका लागि सम्भावित ३६ खेलाडीको घोषणा गरेको हो ।
साथै क्यानले ए टीमका लागि पूर्व कप्तान ज्ञानेन्द्र मल्ल र कलाम अलीलाई प्रशिक्षकको रूपमा तोकेको छ ।
ए टीमका लागि सम्भावित ३६ खेलाडीमा अनुभवी विकेट किपर विनोद भण्डारीदेखि यू-१९ विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेका आकाश चन्द, सुबाश भण्डारी, हेमन्त धामीसम्म समावेश छन् ।


Leave a Reply