लमजुङमा विद्यार्थी कुटपिटमा संलग्नलाई कारबाही माग गर्दै प्रदेश प्रहरीलाई अनेरास्ववियु गण्डकीको ध्यानाकर्षण

पोखरा । लमजुङ कृषि क्याम्पसको होस्टेलमा भएको कुटपिटको घटनामा संलग्नलाई कारवाहीको माग गर्दै अनेरास्ववियु गण्डकी प्रदेश समितिले प्रदेश प्रहरी प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।

होस्टेलमा पढिरहेका विद्यार्थीहरुमाथि डोका थुनेर रड प्रहार गर्ने, कुटपिट गरी होस्टेलको भवनबाट खसाल्ने कार्यमा संलग्नलाई कारवाहीको माग गर्दै अनेरास्ववियु गण्डकीले प्रदेश प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाएको हो ।

लमजुङ कृषि क्याम्पसको होस्टेलमा क्याम्पसमा एमाले र काँग्रेसका भातृ सङ्गठनका सम्बद्ध विद्यार्थीबीच झडप हुँदा १५ विद्यार्थी घाइते भएका थिए । सोही विषयमा संलग्नलाई कारबाहीको माग गर्दै अनेरास्ववियु गण्डकी प्रदेशले ध्यानाकर्षण पत्र बुझाएको हो ।

‘…यो बर्बरतापूर्वक आक्रमण मानवता विरोधी गम्भीर अपराध हो । घटनामा संलग्न रहेका विद्यार्थीहरु यसअघि पनि पटकपटक यस्ता गतिविधीमा संलग्न रहेको पाईएको छ । घटनाका आरोपितहरु आशिष पौडेल, सौरभ उप्रेती, गोविन्द चौधरी, सुरज भट्ट, सपिस सिंम्खडा, आर्यन मह, धुर्व साउद, गोकुल मह, सुनिल बस्नेत विवेक सिंह प्रसन्न चापागाई, तर्कराज जोशी, हिमाल रसाइली, समीर नेपाल, राजेन्द्र बिष्ट, सन्देश सुवेदी, सन्जित गीतम, सरोज भुपाल, अनुपराज बुढाथोकी, आदित्य बुढाथोकी लगायत संलग्न अपराधीहरुलाई तत्काल पक्राउ गरी हदै सम्मको कानूनी कारबाहीको निम्ति जोडदार माग गर्दछौ’, ज्ञापनपत्रमा भनिएको छ ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *