काठमाडौं आइएल टी–२० क्रिकेट प्रतियोगितामा गल्फ जायन्टसले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको छ । जायन्टसले लिग चरणको अन्तिम खेलमा अबुधाबी नाइट राइडर्सविरुद्ध टस जितेर ब्याटिङ गर्ने निर्णय लिएको हो ।
उक्त खेलमा भने नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्टार अलराउन्डर दीपेन्द्रसिंह ऐरी नखेल्ने भएका छन् । प्रतियोगितामा सहभागी हुन शुक्रबार युएई पुगेका ऐरी आजको खेलमा टिममा समावेश गरिएको छैन ।
जायन्टसले ९ खेलबाट १० अंक जोड्दै दोस्रो स्थानमा छन् । अन्तिम खेलमा जित निकालेका खण्डमा जायन्टस प्ले अफ प्रवेश गर्नेछ । पराजित भएको खण्डमा भने अन्य टिमको नतिजाले निर्भर गर्नेछ ।

Leave a Reply