नयाँ कांग्रेस होइन, माओवादीको वैशाखीविना लड्न सक्ने पुरानै कांग्रेस चाहिएको हो- डा.मीनेन्द्र रिजाल (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री डा.मीनेन्द्र रिजालले माओवादीको वैशाखी टेकेर होइन आफ्नै बुतामा लड्ने हैसियतको पार्टी बनाउन नसक्ने हो भने कांग्रेस कहीँ पनि नपुग्ने बताएका छन् ।

नेपाली कांग्रेसको काठमाडौं जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै नेता डा. रिजालले कांग्रेसलाई नयाँ बनाउने होइन, पहिलेका नेताहरुको पालाको जस्तै पुरानो र बलियो पार्टी बनाउनुपर्ने बताए ।

डा.रिजालले भने, ‘हामी नयाँ कांग्रेस बनाउने भन्दैछौं । अहिलेको आवश्यकता नयाँ होइन हिजोका हाम्रा नेताहरुको पालाको जस्तो बनाउने हो । एमाले र कांग्रेसबीचको प्रतिस्पर्धाले तेस्रो दल यति सानो छ कि त्यसलाई काखीमा राखेर एकले अर्कोलाई तह लगाउनुपर्ने अवस्था छ । अघिल्लो पटक ओलीले ११ निर्वाचन क्षेत्रमा मात्र ठूलो पार्टी भएको माओवादीलाई बोकेर १०० सीटमा लड्दा ८० सीट जिते । अहिले हामीले माओवादीलाई बोकेर ५७ सीट जितेका छौं । तर, भोट ओलीको भन्दा कम छ । यस्तै बैशाखीमा हिँडेर कांग्रेस कहीँ पनि पुग्दैन ।’

हिजोका नेताहरुले वैशाखीविना जित्ने कांग्रेस बनाएको भन्दै रिजालले हिजो गठबन्धनमा चुनाव जितेर प्रधानमन्त्री नपाएपछि बालकोट पुग्ने व्यक्ति फेरि कतै आँखा लगाउने हुन् कि भन्ने चिन्ता मान्ने हो भने कांग्रेसले देशको हित नगर्ने रिजालको भनाइ थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *