सिन्धुपाल्चोक । आसन्न एसइई परीक्षाको तयारीमा विद्यालयको होस्टेलमा बसेर अध्ययन गरिरहेका विद्यार्थीहरूलाई सिन्धुपाल्चोक–१ का सांसद माधव सापकोटा ‘सुबोध’को समन्वयमा म्याट्रेस वितरण गरिएको छ ।
बलेफी गाउँपालिका–७ मा रहेको बाल शिक्षा माध्यमिक विद्यालयका एसइई तयारीमा होस्टेलमा रहेका विद्यार्थीहरूलाई ४० थान उच्च गुणस्तरको म्याट्रेस वितरण गरिएको हो ।
एनआरएनको सहयोगमा उक्त विद्यालयको होस्टेलमा बसेर अध्ययन गर्ने विद्यार्थीहरूका लागि म्याट्रेस प्रदान गरिएको थियो । केही दिन अगाडि विद्यालयका होस्टेलमा आउँदा जाडोको समयमा विद्यार्थीहरू कष्टसँग होस्टेलमा बसेको देखेपछि तत्कालै एनआरएनसँग समन्वय गरेर म्याट्रेस प्रदान गरिएको सांसद सापकोटाले बताए ।
म्याट्रेस एनआरएनका अध्यक्ष डाक्टर बद्री केसी र सांसद सापकोटाले संयुक्त रूपमा विद्यालयका प्रधानाध्यापक यदुनाथ नेपाललाई हस्तान्तरण गरेका थिए । विद्यालयले सञ्चालन गरेको एसइई तयारी कक्षामा कक्षा १० मा अध्ययनरत ३० बढी विद्यार्थीहरू बसिरहेका छन् ।
ओढ्ने,ओछ्याउन घरबाटै ल्याएर बसिरहेका विद्यार्थीहरूलाई म्याट्रेस पाएपछि भने सजिलो भएको विद्यार्थीहरूले बताए । आफ्नो निर्वाचन क्षेत्रका अन्य विद्यालयरतलाई विभिन्न विभिन्न दातृ निकायसँग समन्वय गरेर यस्ता सामग्रीहरू प्रदान गरिएको सांसद सापकोटाले जानकारी दिए ।


Leave a Reply