अध्यागमन अधिकृतसँग विवादमा परेका असईसहित तीन प्रहरीलाई डीआईजी चन्दले दिए पुरस्कार

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख डीआईजी अर्जुन चन्दले अध्यागमन अधिकृतलाई हातपात गर्ने तीनजना प्रहरीलाई पुरस्कृत गरेका छन् ।

विमानस्थलमा खटिएका प्रहरी नायब निरीक्षक प्रकाश चौधरी, प्रहरी सहायक निरीक्षक सन्जय तामाङ र प्रहरी जवान रविजंग गुप्तालाई नगद पुरस्कारले पुरस्कृत गरेका हुन् ।

चौधरीलाई १२ सय, तामाङलाई ११ सय र गुप्तालाई ८०० रुपैयाँले पुरस्कृत गरेका छन् ।

विमानस्थल स्रोतका अनुसार डीआईजी चन्दले पुरस्कृत प्रहरीको अभिलेख राष्ट्रिय प्रहरी किताब खानामा हुने गरी पत्र पठाएका छन् ।

अध्यागमन विभागका शाखा अधिकृतलाई सुरक्षा जाँच गर्ने क्रममा विवाद भएको थियो । विवादकै क्रममा हातपात भएको थियो । सोही घटनामा छानबिन गर्न गृह मन्त्रालयले छानबिन समिति बनाएको थियो ।

समितिले असई तामाङ र जवान गुप्ताले कर्मचारीमाथि हातपात गरेको र निलम्बन गर्न सिफारिस गरेको थियो। समितिको निर्णयप्रति असन्तुष्ट जनाउँदै डीआईजी चन्दले राजीनामा समेत बुझाएका थिए । उनलाई राजीनामा नबुझाउन आग्रह गरेपछि उनको राजीनामा फिर्ता भएको छ ।

प्रहरी कर्मचारीहरुले विमानस्थलको शान्ति सुरक्षा, अपराध अनुसन्धान, रोकथाम तथा नियन्त्रण, असल आचरण, व्यवहार प्रदर्शन गरी प्रशासनिक लगायतका प्रहरी कार्यमा परिणाममुखी प्रहरी सेवा प्रदान गरी सेवा प्रदायक कर्मचारीहरु तथा यात्रुहरु समेतलाई सुरक्षाको अनुभूति गराउन ईमान्दार, पेशा प्रति समर्पित, व्यवसायिक, लगनशिल एवं पूर्ण निष्ठावान भई उत्कृष्ट तवरबाट कार्य सम्पादन गरेकाले यस्ता प्रहरी कर्मचारीहरुलाई पुरस्कृत गरिंदा अन्य प्रहरी कर्मचारीहरुमा समेत सकारात्मक प्रभाव पर्न गएको पुरस्कृत गरिएको जनाएको छ ।

 

Comments

6 responses to “अध्यागमन अधिकृतसँग विवादमा परेका असईसहित तीन प्रहरीलाई डीआईजी चन्दले दिए पुरस्कार”

  1. Kishor Singh Avatar
    Kishor Singh

    Good work

  2. देउमान Avatar
    देउमान

    जय नेपाल सत्यसेवा शुरक्षणम

  3. Suraj Kumar Shrestha Avatar
    Suraj Kumar Shrestha

    Good news

  4. Poorna Singh Khadka Avatar
    Poorna Singh Khadka

    मनोवल बढाउने काम गरेकोमा साधुबाद ।

  5. Balgiri Avatar
    Balgiri

    Thik gare ,badhi garne lai Taha lyaunaiparxa.

  6. सुरेन्द्र पौडेल Avatar
    सुरेन्द्र पौडेल

    CCTV मा अध्यागमन अधिकृतको I am the state पाराको बल मिच्याइँ देखिँदा देखिंदै तल्लो तहका प्रहरी कर्मचारीलाई छानवीन समितिले बलीको बोको बनाएको देखिन्छ । डि आइ जी चन्दको अडान १००% सही छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *