यस्ता छन् मन्त्रिपरिषद बैठकका निर्णयहरु (भिडिओ)

काठमाडौं । सरकारले विद्युतीय सुशासन आयोग सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले यस्तो निर्णय गरेको सञ्चार, सूचना तथा प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

त्यस्तै, सरकारले गरिब परिवार पहिचान तथा परिचयपत्र वितरण (पहिलो संशोधन) निर्देशिका, २०८० स्वीकृत गर्ने पनि निर्णय गरेको छ । त्यस्तै, बैठकले रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान पूर्वाधार तयारी विकास समिति (गठन) आदेश, २०८० बमाजेमिको अध्यक्ष पदमा महोत्तरी जिल्ला, साबिक नगरासिश्र्वा १० निवासी डा. परशुराम मिश्रलाई नियुक्त गर्ने निर्णय गरेको मन्त्री शर्माले बताइन् ।

त्यस्तै, एक पालिका एक हुलाक कायम गर्ने गरी हुलाकको संगठन संरचना परिवर्तन गर्ने, केन्द्रीय धनादेश कार्यालय र टिकट व्यवस्थापन तथा फिलाटेलिक कार्यालय खारेज गर्ने र हुलाक सेवा अन्तर्गतका १६३६ दरबन्दी खारेज गर्ने पनि सरकारले निर्णय गरेको छ ।

 

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *