विराटनगर । कोशी प्रदेश सरकार र प्रदेश नम्बर १ पुनः नामकरण संयुक्त सङ्घर्ष समितिले बनाएको वार्ता टोलीबीच आज विराटनगरमा भएको वार्ता भोलि बिहान पुनः बस्ने गरी स्थगित भएको छ ।
आजको वार्ता एजेन्डामा प्रवेश नै नगरी भोलि बिहान पुनः बस्ने सहमतिमा स्थगित भएको हो । आज भएको वार्तामा सरकारी वार्ता टोली र प्रदेश नम्बर १ पुनः नामकरण संयुक्त सङ्घर्ष समितिले बनाएको वार्ता टोलीका बीचमा परिचय तथा केही औपचारिक कुराकानी भएको थियो ।
वार्तामा प्रदेश नम्बर १ पुनः नामकरण संयुक्त सङ्घर्ष समितिको तर्फबाट बनेको वार्ता समितिले आफ्नो एजेन्डा प्रस्तुत गरेको थियो । वार्तामा सहभागी पर्यटन, वन तथा वातावरणमन्त्री गणेश उप्रेतीले वार्ता सकारात्मक रूपमा अगाडि बढेको बताए ।
उनले भोलि पुनः बस्ने गरी आजको वार्ता स्थगित भएको बताए ।
‘आन्दोलनरत पक्षका तर्फबाट प्रदेशको पुनः नामकरण हुनुपर्छ भन्ने एजेन्डा राख्नुभयो । हामीले यस विषयमा भोलि थप छलफल गरौं भनेका छौं’, मन्त्री उप्रेतीले भने ।

Leave a Reply