राष्ट्रिय सभाको यो अपमानजनक पदबाट कहिलेदेखि मुक्ति मिल्लाः वामदेव गौतम

काठमाडौं । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले राष्ट्रिय सभा सदस्य बन्नेकुरा अपमान जस्तो लाग्न थालेको बताएका छन् ।

बुधवार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले आफूलाई अपमानजनक पदबाट कहिलेदेखि मुक्ति हुन पाइएला भन्ने लागेको बताए । उनले आजसम्म भएका प्रधानमन्त्रीले बहुदलीय प्रतिष्पर्धाको प्रणालीबाट समाजवाद निर्माण गर्न सकिन्छ भनेर एउटा ढाँचा पनि प्रश्तुत गर्न नसकेको बताए ।

उनले भने ‘लोकतान्त्रिक मूल्य, मान्यतामा आधारित समृद्ध समाजवाद निर्माण गर्ने काम यो संविधानको हो । नेपाली जनताको हो । यो संविधान जारी गर्नेहरुको हो । बहुदलीय प्रतिष्पर्धाको प्रणालीबाट कस्ते किसिमको समाज निर्माण गर्नुपर्छ भन्ने परिकल्पना त्यो संविधान निर्माण गर्नेले त्यसैबेलादेखि देखेका छन् । आजसम्म भएका प्रधानमन्त्रीले बहुदलीय प्रतिष्पर्धाको प्रणालीबाट समाजवाद निर्माण गर्न सकिन्छ भनेर एउटा ढाँचा पनि प्रश्तुत गर्न सक्नुभएको छैन । आज पनि हामीले ढाँचा दिन सकेका छैनौँ । हामी उदाहरण दिन्छौँ । यो देश यसरी गयो भनेर तर नेपाल कसरी जान्छ भन्ने हामीले पनि भन्न सकेका छैनौँ । यो अपमानजनक पदमा कहिलेदेखि मुक्त हुन पाइएला भनेर भन्ने मलाइ लाग्छ ।’

सांसद गौतमलै अहिले नेपाली अर्थतन्त्र निकै धराशायी बनिरहेको बताए ।

Comments

5 responses to “राष्ट्रिय सभाको यो अपमानजनक पदबाट कहिलेदेखि मुक्ति मिल्लाः वामदेव गौतम”

  1. Janak Chaudhary Avatar
    Janak Chaudhary

    राजीनामा दिए भइ त गयो किन बस्नु अपमानित लाग्ने पदमा ? पद, समय अनि राष्ट्रिय साधन स्रोतको दुरूपयोग किन गर्ने ?

    1. Dil Karki Avatar
      Dil Karki

      Sahi HO, He Should Resign immediately.

  2. bharat kumar Thapa Avatar

    राजिनामा दिए भयो त केको कचकच

    1. Dil Karki Avatar
      Dil Karki

      Sahi HO, He Should Resign immediately.

  3. बिष्णु भुसाल Avatar
    बिष्णु भुसाल

    सुबिधा खाने अनि सदन प्रती अबिश्वास गर्ने ।राजिनामा दिनुस र बल्ल बोल्नुस

Leave a Reply

Your email address will not be published. Required fields are marked *