संघीय संसदको महासचिवमा पद्मप्रसाद पाण्डेय नियुक्त

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको महासचिव पद्मप्रसाद पाण्डेयलाई नियुक्त गरेका छन् ।

राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईका अनुसार पाण्डेयलाई आज राष्ट्रपति पाैडेलले महासचिवमा नियुक्त गरेका हुन् ।

राष्ट्रपति पौडेलले प्रतिनिधिसभाका सभामुख र राष्ट्रियसभाका अध्यक्षको संयुक्त सिफारिसमा नेपालको संविधानको धारा १०६ को उपधारा (१) बमोजिम माघ २३ गतेदेखि लागू हुनेगरी संघीय संसदको महासचिव पदमा नियुक्त गरेका हुन् ।

 

Comments

One response to “संघीय संसदको महासचिवमा पद्मप्रसाद पाण्डेय नियुक्त”

  1. ksp pyl Avatar
    ksp pyl

    यत्रो दिन चाहिँ के नाटक गरेको नि ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *