मीनेन्द्र रिजालको टिप्पणी- हाम्रो सभापति रिसाउनुभयो भने प्रचण्डजी बालकोट दौडिनुपर्छ (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसका नेता मीनेन्द्र रिजालले सरकारमा हुनेहरुलाई सत्ता कसरी टिकाउने भन्दा बाहेकको चिन्ता नभएको टिप्पणी गरेका छन्।

‘अभ्यासमा संघीय लोकतान्त्रिक गणतन्त्र’ विषयक विचार गोष्ठीमा बोल्दै उनले विकास सम्भव नभएकाले झूटो कुरा गर्न नहुने तर्क गरे ।

उनले भने, ‘प्रचण्डजीलाई मेरो पार्टीको सभापति रिसाउनुभएको भने उहाँको सत्ता धरापमा पर्छ । सीधै बालकोट दौडिनुपर्छ । उहाँले हुन्न भन्नुभयो भने के गर्ने बाटकोटमा ? चिन्ता त्योबाहेक केही छैन । हामी त झन् सरकारमा अन्तिम पालो कुरेर बसेका हौं । अहिले मात्रै होइन घनश्यामजीको माधवजीले धोखा दिनुभयो भने पनि हाम्रो त गोलमाल हुन्छ । अनि चिन्ता केको गर्ने ? कहाँको विकासको चिन्ता गर्ने ? सम्भव छैन झूटा कुरा नगरौं, आफ्नो सत्ताको टुंगो छैन । आज बेलुका सुत्दा भोलि बिहान उठ्दा रहन्छ कि रहँदैन टुंगो छैन ।’

उनले कांग्रेस अन्तिममा सत्ता कुरेर बसेको भन्दै माधव नेपालले धोखा दिए पनि गोलमाल हुने बताए ।

Comments

One response to “मीनेन्द्र रिजालको टिप्पणी- हाम्रो सभापति रिसाउनुभयो भने प्रचण्डजी बालकोट दौडिनुपर्छ (भिडिओ)”

  1. Raju Bikram Rai Chamling Avatar
    Raju Bikram Rai Chamling

    यो लागु सबैमा हुन्छ । न वली, न शेरबहादुर न अन्य । बर्तमान अवस्थामा ०८४ को निर्वाचन परिनाम नआइन्जेलको अवस्था जो कोही प्रधानमन्त्री भएता पनि हुने यस्तै हो ? अनि सबैको अवस्था उस्तै हो भन्न किन नसक्नु भएको ? वली वा शेरबहादुर अहिले अवस्थामा प्रधानमन्त्री भए के यो भन्दा बढी सरकार टिक्ने अवस्था हुन्छ ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *