रुसी सेनामा भर्ति भएका परिवारले सकुशल घर फिर्ताको वातावरण बनाइदिन भन्दै दूतावास अगाडि धर्ना

काठमाडौं । रुसी सेनामा भर्ति भएका नेपालीका परिवारहरुले सकुशल घर फिर्ताको वातावरण बनाइदिन माग गर्दै काठमाडौंस्थित रूसी राजदूतावास अगाडि धर्ना दिएका छन् ।

रुसी सेनामा भर्ति भएका नेपालीहरुको अवस्था सार्वजनिक गर्न, वेपत्ता भएकाहरुको खोजी गर्दै सकुशल घर फिर्ताको वातावरण बनाइदिन माग गर्दै उनीहरुले धर्ना दिएका हुन् ।

धर्नामा सहभागीहरुले युद्धमा प्रयोग भएका नेपालीलाई सकुशल नेपाल फिर्ता गर, युद्धमा मारिएका नेपालीलाई उचित क्षतिपूर्तिको व्यवस्था गर, रुसी सेनामा नेपालीलाई भर्ना गर्न बन्द गर, युद्धमा मृत्यु भएका मृतकको शव नेपाल लेराइदे लगाएतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

केहि दिन अघि काठमाडौंमा आयोजित एक कार्यक्रममा रुसी सेनाबाट नेपाल फर्किएका युवाहरुले अहिले पनि १४–१५ हजारको हाराहारीमा रुसी सेनामा रहेको र युद्धकाक्रममा धेरै नेपालीले ज्यान गुमाएको बताएका थिए ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *